सेयर बेचेकै दिन पैसा पाइने, लगानीकर्तालाई राहत - सिधा मिडिया



सेयर बेचेकै दिन पैसा पाइने, लगानीकर्तालाई राहत

    २१ बैशाख २०७८, मंगलवार १०:३९  मा प्रकाशित
81 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । कोहिनूर इन्भेष्टमेन्ट तथा सेक्युरिटिज प्रालि (३५ नम्बर ब्रोकर)ले आफ्ना ग्राहकलाई ठूलो राहत दिने भएको छ । तत्काल पैसाको जोहो गर्नुपर्ने भएर सेयर बेचेको कम्पनीलाई जानकारी गराए उक्त ग्राहकलाई सेयर बेचेकै दिन कम्पनीले २ लाख रुपैयाँसम्म दिने जनाएको छ ।

    कम्पनीले एक सूचना जारी गर्दै कम्पनीसँग आवद्ध ग्राहकहरुले लकडाउन अवधिभर घरखर्च तथा अस्पतालका लागि रकम आवश्यकता परेको जानकारी गराएमा २ लाख रुपैयाँसम्म सेयर बेचेकै दिन उपलब्ध गराउने भनेको छ ।
    यो सुविधा कोहिनूरका ग्राहकले मात्रै पाउने छन् । आफ्ना ग्राहकको मर्मलाई ध्यानमा राखेर कम्पनीले लकडाउन अवधिभरका लागि यस्तो निर्णय गरेको हो । यस्तो बेला जतिखेर पनि पैसाको आवश्यकता पर्छ सक्छ भनेर यस्तो निर्णय गरेको कम्पनीले बताएको छ ।

    सामान्य दिन सेयर बेचेको तीन दिनपछि मात्रै पैसा आउँछ । तर, अहिले विषम परिस्थिति भएकाले तत्कालै सेयर बेचेर पैसा अन्यत्र प्रयोग गर्नुपर्ने हुन सक्छ । त्यस्तो बेला उनीहरुको तत्कालको आवश्यकता टरोस् भनेर निर्णय गरिएको कम्पनीले जनाएको छ ।

    यो पनि पढ्नुहोस्:
    सेयर बजारमा नयाँ लगानीकर्ता थपिंदै यतिधेरै डिम्याट खाता खुले

    प्रविधिमैत्री बजार, दोस्रो बजारमा आएको उछाल र सार्वजनिक निष्काशनमा समेत आएको वृद्धिले पछिल्लो चरणमा शेयर बजारमा नयाँ नयाँ लगानीकर्ताको सहभागिता उच्चदरमा बढेको छ।

    शेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ ।
    पछिल्लो ढेढ महिना अर्थात चैत यता मात्रै साढे ३ लाख बढी डिम्याट खाताहरु थपिएका छन् । यसबाट पनि शेयरबजारमा दैनिक नयाँ लगानीकर्ताहरु प्रवेश गरेको प्रष्ट्र हुन्छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार ०७७ वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख ९ हजार ८ सय ८२ पुगेको छ । जबकी गत फागुन २८ गते शुक्रबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार २८९ रहेको थियो ।

    पछिल्लो समयमा हातखाली नहुनेगरी नेपाल रिइन्स्योन्स कम्पनी र निफ्राले ठूलो परीमाणमा आइपीओ जारी गरेकाले पनि डिम्याट खाताखोल्नेहरु ह्वात्तै बढेका हुन् । साथै आइपीओ निष्काशनको पाइपलाइनमा समेत नयाँ नयाँ कम्पनीहरु थपिँदै गएका छन् । यसले पनि शेयरप्रति सर्वसाधारणको रुची बढाएको छ । अहिले आइपीओमा आवेदन गर्नेको संख्या नै १८ लाख बढी छ । पछिल्लो चरणमा खुलेकामध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन गरेका थिए ।

    साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेत डिम्याट खाता अनिवार्य हुनुपर्छ । जसलेगर्दा ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको बाक्लो उपस्थिति हुने गरेको छ । लकडाउनका समयमा पनि अनलाइन मार्फत खाता खोल्न सक्ने व्यवस्थाहरु गरिएकाले खाता खोल्ने क्रम दैनिक बढीरहेको छ ।

    नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्न थालेको छ। प्राथमिक बजारमा मात्र होइन दोस्रो बजारमा पनि उल्लेखीय रुपमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेको पाइन्छ । पछिल्लो चरणमा दोस्रो बजारमा कारोबारका लागि करिब ६ लाख लगानीकर्ताले कारोबार खाता खोलिसकेका छन् भने साढे ३ लाख लगानीकर्ताले अनलाइन कारोबारका लागि टिएमएस समेत लिइसकेका छन् ।

     

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस