दिपक मनाङ्गे ‘फ्याउरे गुण्डा हो ,नेपालमा आतङकारीहरु प्रधानमन्त्री हुँदै छन् : रमेश खरेल - सिधा मिडिया



दिपक मनाङ्गे ‘फ्याउरे गुण्डा हो ,नेपालमा आतङकारीहरु प्रधानमन्त्री हुँदै छन् : रमेश खरेल

    २१ बैशाख २०७८, मंगलवार २०:४९  मा प्रकाशित
204 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री दिपक मनाङ्गेलाई लिएर पूर्व डिआईजी रमेश खरेलले टिप्पणी गर्नुभएको छ । खरेलले मनाङ्गेलाई ‘फ्याउरे गुण्डा’को संज्ञा दिदैँ त्यो भन्दा ठुला व्यक्तिहरु माथिल्लो पदमा बसेको बताउनुभयो ।

    मनाङ्गबाट स्वतन्त्र प्रदेशसभा सदस्यका रुपमा गण्डकी प्रदेशसभामा प्रवेश पाउँनु भएका मनाङ्गे शुक्रबार मन्त्री बन्नु भएको हो । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

    गुण्डागर्दी नियन्त्रणमा आफ्नो परिचय बनाउनु भएका पूर्वप्रहरी नायब महानिरीक्षक खरेलले मनाङ्गेलाई पहिलेदेखि नै डन नभई ‘फ्याउरे गुण्डा’ भन्दै सार्वजनिक अभिव्यक्ति दिने गर्नु भएको थियो ।

    हालै एक निजी टिभीसँग कुरा गर्दै उहाँले नेपालमा जत्ति ठुलो अपराध गर्यो त्यतीँ ठुलो पद पाइने पनि स्पष्ट पार्नुभयो । देशका माथिल्लो तहमा बस्ने पनि गुण्डागर्दी र भ्रष्टाचारमा संलग्न भएको उहाँको बुझाई रहेको छ ।

    पूर्व डिआईजी रमेश खरेलले गरेको टिप्पणी यस्तो छ, ‘दिपक मनाङ्गे अब मन्त्री भाको मैले पनि सुने । दिपक मनाङ्गे त केही पनि होईन, एउटा फ्याउरे गुण्डा हो, मन्त्री भयो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस