कोरोनाले च्यापेपछि शर्माले लिए कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट विश्राम - सिधा मिडिया



कोरोनाले च्यापेपछि शर्माले लिए कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट विश्राम

    २१ बैशाख २०७८, मंगलवार २१:०२  मा प्रकाशित
102 जनाले पढ़िसके

प्रतिक्रिया


    कोरोना संक्रमणका कारण अस्वस्थ भएपछि विश्वप्रकाश शर्माले केही समयका लागि नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारीबाट विश्राम लिएका छन्।

    अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको शर्माले बताएका छन्।

    ‘मिडिया, पार्टी र शुभचिन्तकहरूसँग क्षमा चाहन्छु,’ शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किनेछु।’

    यसबीच विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्ने सबै मित्रप्रति उनले हृदयदेखि आभार, धन्यवाद भनेका छन्।

    कांग्रेस प्रवक्ता शर्मामा हिजो सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो। त्यस क्रममा उनले लक्षणले च्यापे पनि मनोबल उच्च रहेको बताएका थिए।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस