स्याङ्जाको गल्याङमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्‍यु - सिधा मिडिया



स्याङ्जाको गल्याङमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्‍यु

    २२ बैशाख २०७८, बुधबार १२:३९  मा प्रकाशित
185 जनाले पढ़िसके

प्रतिक्रिया


    स्याङ्जा। गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु भएको छ ।

    मृत्‍यु हुनेमा स्याङ्जा, गल्याङ नगरपालिका-११ का ५० वर्षीय पुरूष र पर्वतको जलजला गाउँपालिका-७का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।

    ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्‍यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनलाई १८ गते कोरोना संक्रमण देखिएको उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

    यस्तै ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा पोखरामा मृत्‍यु भएको छ । उनी २१ गते कोरोना संक्रमित भएको र मुटुको विरामी समेत थिए ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या २३७ पुगेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस