मध्य भोटेकोशीको आईपीओ सर्वसाधारणलाई आउने पक्का ! कति कित्ता दिने आवेदन ? - सिधा मिडिया



मध्य भोटेकोशीको आईपीओ सर्वसाधारणलाई आउने पक्का ! कति कित्ता दिने आवेदन ?

    २३ बैशाख २०७८, बिहीबार ०९:५३  मा प्रकाशित
93 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आउँदो साउन महिनाभित्रै खुलाउने तयारी गरिरहेको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रबन्धक पारसमणि ढकालले यो कम्पनीको आईपीओ सर्वसाधारणलाई साउन महिनाभित्र ल्याउने तयारी भइरहेको जानकारी गराएका हुन् ।

    कम्पनीले हिजो मंगलबारबाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि निष्कासन गरिएको आईपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

    स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन् । कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात ६० लाख कित्ता आयोजना प्रभावित र स्थानीयलाई निष्कासन गरेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस