सिईडिबि हाइड्रोको आइपिओमा भाग्यकै भर : ११ गुणा बढी आवेदनमा कतिजनाको हातखाली ? - सिधा मिडिया



सिईडिबि हाइड्रोको आइपिओमा भाग्यकै भर : ११ गुणा बढी आवेदनमा कतिजनाको हातखाली ?

    २३ बैशाख २०७८, बिहीबार १०:०१  मा प्रकाशित
128 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाण्डौ । सिईडिबि हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो ।

    यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।
    कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस