स्याङ्जा — नेपाल भर तिव्र रुपमा फैलिएको कोरोनाको कारण कोरोनाका बिरामी राख्ने ठाँउको अभाव देखा पर्न थाले पछी नेपाली कांग्रेस स्याङ्जाले आफ्नो पार्टी कार्यालय नै आइसोलेसन सेन्टरमा रुपान्तर्ण गर्ने भएको छ ।
शुक्रबारको जिल्ला पार्टी कार्यालयको बैठकले कोरोना भाइरसका बिरामीलाई मध्येनजर गर्दै कार्यालय भवन आइसोलेन सेन्टर बनाउन दिने निर्णय भएको स्रोतको भनाई रहेको छ ।
स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजार नगरपालिका स्थित पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाउँदा कोरोनाका बिरामी पनि सान्त र सुरक्षितको महसुस गर्ने नेपाली काङ्गेसका एक नेताको भनाई रहेको छ ।
‘वेड अभावका कारण देश भर बिरामीहरु धमाधम मर्न बाध्य भई रहेको बेलामा स्याङ्जामा यो अभाव देखा नपरोस र कोरोनाका विरामी मर्न बाध्य नहुन्’ भनेर ‘कांग्रेस पार्टी कार्यालयमा ६० वटा वेड निर्माण गर्न सकिने जानकारी दिए ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस