अब नेपालीहरुले पनि विदेश जान पाउने, तीन देशमा नियमित उडानको तयारी - सिधा मिडिया



अब नेपालीहरुले पनि विदेश जान पाउने, तीन देशमा नियमित उडानको तयारी

    ५ जेष्ठ २०७८, बुधबार २३:२६  मा प्रकाशित
1563 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौँ | अब चार्टर उडान गर्ने अनुमति पाएका उडानहरुले विदेशी सहित नेपाली नागरिकहरुलाई समेत विदेश प्रस्थानको अनुमति प्रदान गर्न आदेश दिएको छ । यो निर्णय वैशाख २९ गतेनै मन्त्रीस्तरवाट भएको निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रालयले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । जसमा उल्लेख छ ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

    मन्त्रालयले दिएको आदेशसंगै अब नेपालमा बिदामा आएका विद्यार्थीहरु तथा वैदेशिक रोजगारमा जान चाहेका नेपालीहरुले चार्टर उडानमा विदेश जान पाउने बाटो खुलेको छ ।

    यस्तै मन्त्रालयले जेठ १८ देखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको छ ।

    नेपाल सरकारले कोरोना महामारी फैलिएसंगै गत वैशाख २३ गते रातिदेखि बन्द गरेको अन्तराष्ट्रिय उडान मंगलबारदेखि भारतीय नागरिकहरुलाई साउदी लैजानको लागि खुला गरेको छ । अब नेपालबाट हुने सबै चार्टर्ड उडानबाट नेपाली नागरिकहरुले पनि टिकट काट्न सक्नेछन् ।

     

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस