टिकटकबाट अव नेपालमा पनि आम्दानी हुने, यस्तो छ सजिलो तरिका ! - सिधा मिडिया



टिकटकबाट अव नेपालमा पनि आम्दानी हुने, यस्तो छ सजिलो तरिका !

    ११ जेष्ठ २०७८, मंगलवार २३:१९  मा प्रकाशित
171 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौ !

    नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि

    रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ ।

    टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि http://releasenepal.com/tiktok/ लिंकमा क्लिक गरेर फाराम भर्न
    सक्ने रिलिज नेपालका प्रशासन विभाग प्रमुख अनुप भासुले जानकारी दिनुभयो ।

    भासुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुंगो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरुले निश्चित रकम समेत पाउने छन् ।”

    मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो मानिन्छ ।

    रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिकटकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले आफुहरुसँग सम्पर्क गर्नु पर्ने जनाएको छ ।

    प्रेस बिज्ञप्ति :

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस