स्याङ्जामा "नक्कली सेनिटाइजर" बेचेको आरोपमा "पौडेल" पक्राउ - सिधा मिडिया



स्याङ्जामा “नक्कली सेनिटाइजर” बेचेको आरोपमा “पौडेल” पक्राउ

    १२ जेष्ठ २०७८, बुधबार १४:५८  मा प्रकाशित
424 जनाले पढ़िसके

प्रतिक्रिया


    स्याङ्जा–

    स्याङ्जामा नक्कली सेनिटाइजर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटीका अनुसार नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा पौडेललाई पक्राउ गरिएको हो ।

    पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड​ सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको एसपी बोगटीले बताए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस