टेलिकमकाे ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफरः एक महिना निःशुल्क भ्वाइसकल, सेवा लिने तरिका यस्ताे छ - सिधा मिडिया



टेलिकमकाे ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफरः एक महिना निःशुल्क भ्वाइसकल, सेवा लिने तरिका यस्ताे छ

    १३ जेष्ठ २०७८, बिहीबार १५:३१  मा प्रकाशित
217 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौ !

    नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ ।

    कोरोना महामारीमा सेवामा दिनरात खटिने सबै स्वास्थ्यकर्मीलाई ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर ल्याउने निर्णय गरेको हो ।सेवा लागू गर्न आइतबार नेपाल टेलिकम र स्वास्थ्यकर्मीको नियमक निकाय नेपाल चिकित्सक परिषद, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्ने, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदसँग सम्भौता गरेको हो ।

    सम्झौता गरिएका निकायले स्वास्थ्यकर्मीको आधिकारिक फोन नम्बरसहितको विवरण उपलब्ध गराए लगत्तै यो सेवा लागू हुनेछ । जस अन्तर्गत स्वास्थ्यकर्मीको नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड सिम कार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ ।

    पोस्ट पेड मोबाइलको हकमा भने नियमअनुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ ।आफ्नो नाममा सिम नभएकाले नयाँ सिम लिन सक्नेछन् ।

    सम्बन्धित परिषद्को लेटरप्याडमा स्वास्थ्यकर्मीको विवरण लगेर नजिकको टेलिकम कार्यालयबाट सजिलै सिम कार्ड लिने व्यवस्था गरिएको छ । नयाँ सिममा धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश भएर आउने छ ।टेलिकमले अफ एक्टिभ गर्ने तरिका बारे छिटै नै जानकारी उपलब्ध गराउने जनाएको छ ।

    नेपाल टेलिकमले उपलब्ध गराउने विभिन्न सुविधाहरु आफ्नो आधिकारीक पेजमा सार्वजनिक गर्ने गरेको छ । सेवा सुचारु कसरिगर्ने हेर्नकोोो लागि

    ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस