‘स्वास्थ्यकर्मीमाथिको आक्रमण अमानवीय र निन्दनीय’ - सिधा मिडिया



‘स्वास्थ्यकर्मीमाथिको आक्रमण अमानवीय र निन्दनीय’

    १४ जेष्ठ २०७८, शुक्रबार १९:३४  मा प्रकाशित
120 जनाले पढ़िसके

प्रतिक्रिया


    सुर्खेत ।

    नेपाल चिकित्सक संघ कर्णाली प्रदेशलले नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि बिहीबार राति भएको आक्रमणको विरोध जनाएको छ ।

    संघले कोरोना संटकमा नागरिकको ज्यान बचाउँन लागि परेका स्वास्थ्यकर्मीहरुलाई बाँच्न दिन आग्रह गरेको छ ।

    संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई गैरजमानती हिरासतको नियमानुसार कारबाही गर्न माग गरिएको संघका अध्यक्ष डा. नवराज केसीले जानकारी दिए ।

    ‘कोरोना संकटका बेला ज्यानको प्रवाह नगरी सेवा दिइरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुले कानुनी राज्यको धज्जी उडाएको छ,’ अध्यक्ष डा. केसीले भने ‘भेरी अस्पतालको आईसीयू कक्षमा जे भयो त्यो अमानवीय छ, निन्दनीय छ ।’

    विज्ञप्तिमा आक्रमणमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । ‘गैर जमानती हिरासत (जेल विदवाउट बेल) को निमय तत्काल लागू गर्न संघ स्मरण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस