मोटरसाइकल, स्कुटर र यी कारको मुल्य ह्वातै घट्ने - सिधा मिडिया



मोटरसाइकल, स्कुटर र यी कारको मुल्य ह्वातै घट्ने

    १६ जेष्ठ २०७८, आईतवार ०९:१६  मा प्रकाशित
241 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौं । ठूला इन्जिन क्षमताका मोटरसाइकल र स्कुटरको मूल्य घट्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक अध्यादेश मार्फत ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा लाग्ने सडक निर्माण दस्तुर घटाए हो ।

    योसँगै ४०० सीसी माथिका मोटरसाइकल तथा स्कुटर सस्तो हुने भएको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरको सडक निर्माण दस्तुर १ लाख रुपैयाँले घटाएका हुन् । यसअघि ४०० सीसी माथिको मोटरसाइकल र स्कुटरमा २ लाख रुपैयाँ प्रतिगोटा सडक निर्माण दस्तुर लाग्ने गरेको थियो ।

    त्यसैगरी, सरकारले हाइब्रिड कारको अन्तःशुल्क घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अध्यादेशमार्फत् हाइब्रिड कारको अन्तःशुल्क २० प्रतिशत विन्दुले घटाएका हुन् । यसअघि हाइब्रिड कारमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । अहिले यसलाई घटाएर ४० प्रतिशतमा झारिएको छ । हाइब्रिड र प्लगइन हाइब्रिड दुवैको अन्तःशुल्क ४० प्रतिशत कायम गरिएको हो ।

    यस्तै विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क पूर्णरुपमा हटाइएको छ भने भन्सार १० देखि ४० प्रतिशत लाग्ने व्यवस्था गरेका थिए । चालु आर्थिक वर्षको बजेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार र अन्तःशुल्क वृद्धि गरेका थिए ।

    सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारीसाधनमा लाग्ने अन्तःशुल्क पुरै मिनाह गरिएको छ भने भन्सार दर गाडीमा जडान भएको मोटर क्षमताको आधारमा लाग्ने व्यवस्था गरेको छ ।

    आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस