जेठ २६ गतेदेखि हप्ताको यो बार श्रम स्वीकृति दिने निर्णय - सिधा मिडिया



जेठ २६ गतेदेखि हप्ताको यो बार श्रम स्वीकृति दिने निर्णय

    २२ जेष्ठ २०७८, शनिबार १०:५६  मा प्रकाशित
67 जनाले पढ़िसके

प्रतिक्रिया


    वैदेशिक रोजगार कार्यालय ताहाचल,

    काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

    कोरोनाको जोखिमका बाबजुद पनि सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर हप्ताको एक दिन बुधबार कार्यालयबाटै सेवा दिनेगरी तयारी भएको सो कार्यालयले जनाएको छ ।

    सो कार्यालयका अनुसार कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथाम गर्ने भन्दै गएको वैशाख २४ गतेदेखि कार्यालयले भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने सेवाहरू बन्द गरेको थियो ।

    यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस