कोरोना संक्रमणबाट नर्सिङ शिक्षक शाक्यको निधन - सिधा मिडिया



कोरोना संक्रमणबाट नर्सिङ शिक्षक शाक्यको निधन

    २३ जेष्ठ २०७८, आईतवार २०:४५  मा प्रकाशित
150 जनाले पढ़िसके

प्रतिक्रिया


    कोरोना भाइरसको संक्रमणका कारण नर्स नेसुम शाक्यको निधन भएको छ । नर्सिङ शिक्षक शाक्यको उपचारका क्रममा निधन भएको हो ।

    शाक्यको विराट हेल्थ साइन्सको अस्पतालमा उपचारका क्रममा शनिबार राती निधन भएको नेपाल नर्सिङ संघले जनाएको छ ।

    सोही अस्पतालको क्याम्पसमा नर्सिङ शिक्षकका रुपमा कार्यरत शाक्यको केहो वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    शाक्यको निधनपछि संघले विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ। संघले दिवांगत आत्माको चिरकान्तीको कामना गरेको छ ।

    थप समाचार

    गण्डकीमा थप १५ जनाको मृत्युः ५६६ संक्रमित थपिए, ५२३ संक्रमणमुक्त

    गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १५ जनाको मृत्यु भएको हो ।

    गण्डकी प्रदेशमा विभिन्न जिल्लामा शनिबार १५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।

    उनका अनुसार कास्कीमा ७, बागलुङ १ तनहुँ १,लमजुङ ३,पर्वत १ म्याग्दी १ र गोरखामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    पोखरा–१० की ८४ बर्षिय महिला, पोखरा–८ का ५० बर्षिय पुरुष, पोखरा–५ का ६२ बर्षिय पुरुष, पोखरा–२७ का ३८ बर्षिय पुरुष, पोखरा–२२ का ७० बर्षिय पुरुष, कास्कीको माछापुच्छ्रे–८ की ७२ बर्षिय महिला र कास्कीकै अन्नपूर्ण–९ का ६१ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    त्यस्तै पर्वतको मोदी–२ का ६२ बर्षिय पुरुष, तनहुँ ब्यास–१३ की ७० बर्षिय महिला,लमजुङको बेशीसहर–९ का ६९ बर्षिय पुरुष,सुन्दरबाजार–९ का ४३ बर्षिय पुरुष,चितवनको कालिका–१० का ४० बर्षिय कोरोना संक्रमित पुरुषको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै म्याग्दी बेनी –१का ४५ बर्षिय पुरुष, बागलुङ बडिगाड–७ की ४३ बर्षिय महिला, गोरखाको सुलीकोट –१ का ६७ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको छ ।

    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ५६६ जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४५ हजार ९८७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस