साधारणसभाबाट सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ पारित - सिधा मिडिया



साधारणसभाबाट सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ पारित

    २४ जेष्ठ २०७८, सोमबार १२:३६  मा प्रकाशित
198 जनाले पढ़िसके

प्रतिक्रिया


    सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । आइतबार सम्पन्न तेस्रो साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

    साधारणसभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको थियो ।

    कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    त्यस्तै, सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस