काठमाडौ कोटेश्वर स्थित भाटभटेनीका म्यानेजर पक्राउ - सिधा मिडिया



काठमाडौ कोटेश्वर स्थित भाटभटेनीका म्यानेजर पक्राउ

    २४ जेष्ठ २०७८, सोमबार १५:५४  मा प्रकाशित
462 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौ ।

    काठमाडौको कोटेश्वर स्थित भाटभटेनीका म्यानेजर पक्राउ परेका छन् । उनलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको हो । महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको छ ।

    किराना पसल र डिपार्टमेन्टर स्टोरहरुलाई विहान ९ वजे सम्म मात्र संचालन गर्न अनुमति दिइएकोमा कोटेश्वर स्थित भाटभटेनी दिउसो पनि संचालन भएको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था छ । दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।

     

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस