मन्त्री हुँदा ६ वटा गाडी, पद गएपछि क्वाटरवाट सुटकेश बोकेर मोटरसाइकलमा - सिधा मिडिया



मन्त्री हुँदा ६ वटा गाडी, पद गएपछि क्वाटरवाट सुटकेश बोकेर मोटरसाइकलमा

    २४ जेष्ठ २०७८, सोमबार १८:३३  मा प्रकाशित
394 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौ । ।

    सोमवार विहान एउटा तस्बिर सामाजिक सञ्जामा निकै भाइरल भएको छ । बर्खास्तीमा परेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सुटकेश बोकेर बाहिर निस्किए । अनि मोटरसाइकलको पछाडी बसेर मन्त्री क्वार्टरबाट बाहिरिए ।

    उनी मन्त्री हुँदा ६ वटा साधन प्रयोग गर्थे । तर आइतबार जनता समाजवादी पार्टी नेतृत्वबाट बर्खास्तीमा परेका सोनल क्वार्टर छोडेर बाहिरिदा देखिएका दृष्य हुन् यि ।

    मन्त्री सोनल एउटा सुटकेश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिएका थिए । उनले सरकारी गाडी फिर्ता गरेपछि बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् । आइतबार जसपा प्रदेश २ संसदीय दलको बैठकले मन्त्री सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा।डिम्पल झालाई बर्खास्त गरेको थियो । राम्रो मन्त्रालयको जिम्मेबारी लामोसमय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्रयोग गर्दै आएका थिए।

    मन्त्रालयमा रहँदा उनको कार्यकाल विवाद रहित भने थिएन । उनले मन्त्रालयका योजनामा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै अगाडि एक व्यक्तिले आरोप लगाएका थिए।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस