संक्रमणमुक्त भएकाले यी पाँच प्रकारका खाना खानु हानिकारक - सिधा मिडिया



संक्रमणमुक्त भएकाले यी पाँच प्रकारका खाना खानु हानिकारक

    २४ जेष्ठ २०७८, सोमबार १८:४२  मा प्रकाशित
156 जनाले पढ़िसके

प्रतिक्रिया


    एजेन्सी ।

    महामारीका रुपमा फैलिएको संक्रमण अहिले केही कम हुने क्रममा छ । संक्रमित हुने भन्दा मुक्त हुनेको संख्या बढ्दो छ । तर संक्रमण मुक्त भएपछि पनि केही ब्यक्तिहरुमा नयाँ समस्या समेत देखिएका छन् । कतिपयले महामारी जितेको अवस्थामा पनि ज्यान गुमाएका उदाहरण छन् ।

    नेपाल र भारत लगायतका मुलुकमा संक्रमण कम हुने क्रममा भएपनि ब्ल्याक फंगसका विरामी बढ्दो देखिएका छन् । जसवाट बच्न चिकित्सकहरुले केही सुझाव दिएका छन् ।

    केही पोस्ट को भिडको समस्याको सामना पनि गर्नु परेको छ भने केहीले ब्ल्याक फंगसको । यसवाट बच्न यस्ता उपाय अपनाउन सकिन्छ । यस्तो समस्या भोग्नेहरु कमजोर रोग प्रतिरोधक क्षमता, मधुमेह र स्टोरयडको प्रयोग यसको मुख्य कारण भएको विशेषज्ञहरु बताउँछन् । यदि समयमा नै उपचार गरियो भने बिरामीको ज्यान बचाउन सकिन्छ ।

    यी रोगको मारबाट बच्ने हो भने मानिसले केही सावधानीहरु अपनाउनुको साथै खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक छ ।’

    संक्रमण ठिक भएका मानिसले यस्ता खानेकुराबाट बच्नु आवश्यक छ

    चिसा खानेकुरा : यदि कोरोनामुक्त भएर पनि ब्ल्याक फंगसको शिकार हुनु भएको छ भने चिसा खानुकुरा बिर्सिएर पनि खानु हुँदैन । चिसो पानी पनि पिउनु हुँदैन । चिसा फलफूल मात्र नभएर फ्रिजबाट निकालिएका कुनै पनि खानेकुरा खानु हुँदैन । यी खानेकुराहरुले समस्या झन् धेरै बढाउँछ ।

    तारेको–भुटेको : त्यसो त तारेको र भुटेको खानेकुरा सबैका लागि अस्वस्थ्यकर हुन्छ तर विशेष गरेर कोरोना ठीक भएका मानिसहरुले तारेको भुटेको खानेकुरा खानबाट बच्नु पर्छ । पकौडा, समोसा, सेल, पुरी खानबाट बच्नु पर्छ । यसले पनि समस्यालाई घटाउनु भन्दा बढाउँछ ।

    फलफूल: फलफूल स्वास्थका लागि लाभदायक हुन्छ तर फलफूल खाँदा विशेष कुरामा ध्यान दिनु आवश्यक छ । कुनै पनि फलफूल खानु अगाडि त्यसलाई तातो पानीमा राम्रोसंग धुनु आवश्यक छ । राम्रोसंग धोइएन भने ब्ल्याक फंगसको खतरा बढ्न सक्छ ।

    बासी अथव पकाएको लामो समयपछिको खाना : कोरोनामुक्त भएका विरामीलाई ताजा खाना खाने सल्लाह दिइन्छ, तर कहिलेकाहिँ पाकेको लामो समयसम्म राखेको खानेकुरा पनि खान्छन्, यस्तो गर्नु हुँदैन । बासी खानेकुरा खानु हुँदैन । यसको साथै काँचो खानेकुरा पनि खानु हुँदैन । त्यस्तै बाहिरको खाना पनि खानु हुँदैन । तपाईंको स्वास्थका लागि उपयुक्त हुँदैन ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस