फेरि एक्कासी मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना - सिधा मिडिया



फेरि एक्कासी मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

    २४ जेष्ठ २०७८, सोमबार २१:१७  मा प्रकाशित
131 जनाले पढ़िसके

प्रतिक्रिया


    कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो।

    पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो।

    मदनकृष्णमा कोरोना भाइरसको संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। जसकारण पनि उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने डाक्टरहरूले बताएका छन्।

    साथै, ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो। आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधार आइरहेको छ।

    उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा धर्मा यादवले बताए। हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका भएका श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा यादवले बताए। हाल उनको अबस्था खतरा मुक्त रहेको पनि उपचारमा संलग्न चिकित्सकले बताएका छन्। केही अघि मात्र उनी संक्रमणबाट मुक्त भएर घरमा आराम गरिरहेका थिए।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस