नेपाल भर्सेस जोर्डनः नेपालले थप गोल खायो ०-२ ले पछाडि - सिधा मिडिया



नेपाल भर्सेस जोर्डनः नेपालले थप गोल खायो ०-२ ले पछाडि

    २४ जेष्ठ २०७८, सोमबार २३:०६  मा प्रकाशित
226 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौं। फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा सोमबार नेपाल र जोर्डनबीच खेल भइरहेको छ। कुवेतको राजधानीस्थित रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल एक गोलले पछाडि परेको नेपालले दोस्रो हाफ शुरु भएको केही मिनेटमै अर्को गोल खाएको छ। फ्रि किकमा नेपालले दोस्रो गोल खाएको हो। नेपाल ०–२ गोलले पछाडि परेको छ।

    खेलको २४ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोल खान पुगेको थियो। पेनाल्टी बक्समा नेपालका डिफेन्डर रोहित चन्दले फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो। निकै आक्रामक खेल खेलिरहेको जोर्डनले नेपाली पोस्टमा लगातार आक्रमण गरेको थियो। तर, नेपाली किपर किरण चेमजोङको उत्कृष्ट बचावले नेपाल थप गोल खानबाट बच्यो।

    समूह बीमा जोर्डन १० अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल ६ अंकका साथ चौथो स्थानमा छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस