राउटेको आफ्नै कानून, पीडित युवतीहरु आफन्तबाटै मा'रिने ड'र ! - सिधा मिडिया



राउटेको आफ्नै कानून, पीडित युवतीहरु आफन्तबाटै मा’रिने ड’र !

    २५ जेष्ठ २०७८, मंगलवार ११:०१  मा प्रकाशित
150 जनाले पढ़िसके

प्रतिक्रिया


    सुर्खेत । राउटे समुदाय जो जंगलमा फिरन्ते जीवन बाँच्छ । आफूलाई जंगलको राजा ठान्छ । यो समुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । नियम र कानून पनि आफ्नै छ ।

    सिलाइएका कपडाहरु नलगाउने, फरक लवजले अरूसँग बोल्ने, आफ्नै समुदायभित्र मात्रै विवाहबारी गर्ने, एउटा व्यक्तिको मृ’त्यु भए अर्को ठाउँमा बसाइँ सर्ने आदि, इत्यादि आफ्नै विशेषता छ राउटे समुदायमा ।

    यो समुदायले देशको संविधान चिन्दैन, कानून मान्दैन । तर, मुखियालाई चिन्छ, मुखियाको आदेश मान्छ, उसँग आफ्नै अलिखित संविधान छ । त्यो देशको संविधान भन्दा झनै क’ठो’र छ । त्यस्तो संविधान जसले मृ’त्यु’द’ण्डको सजाय दिन पनि पछि हट्दैन । परम्परादेखि मानिआएको कानूनको पालना हुन्छ ।

    राउटेको कानून बारे जानकारहरूका लागि आइतबारदेखि एउटा ठूलो ड’र पैदा भएको छ । आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौ’न दु’र्व्य’वहार गरेको घ’ट’ना सार्वजनिक भएको छ । उक्त घ’ट’नाले पी’डि’त युवतीहरु राउटे समुदायबाट नै मा’रि’ने ड’र छ ।

    घ’ट’नाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाए युवती आफन्तबाटै मा’रि’न सक्ने पत्रकार नगेन्द्र उपाध्याय बताउँछन् । ‘राउटेले आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्छ, यौ’न दु’र्व्य’वहार त उसका लागि ज’घ’न्य अ’प’राध हो’, उपाध्याय भन्छन्

    विगत लामो समयदेखि राउटे समुदायको उत्थानका लागि काम गर्दै आएका उपाध्याय सामाजिक सञ्जालमा भा’इ’रल भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे पीडित युवतीहरुलाई मृ’त्यु’द’ण्ड हुनसक्ने बताउँछन् । ‘यो घ’ट’ना थाहा पाए स्वीकार्दैनन्, सजाय मृ’त्यु’द’ण्ड हुन सक्छ, घ’रे’लु ह’ति’यार प्रयोर गरेर मा’रि’हा’ल्छन्’, उनले भने ।

    उनले थपे, ‘ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्, जसले गर्दा पीडित युवतीहरू आफ्नै समुदायबाट झनै अ’सुर’क्षित छन् ।’

    उनीहरूको नियम कानून बुझेकै कारण यौ’न दु’र्व्य’वहारको घ’ट’नाबारे राउटे समुदायलाई जानकारी नदिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले बताए । ‘घ’ट’ना थाहा पाउन सक्ने भएकै कारण पी’डि’तसँग बयान लिइएको छैन, स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था पनि रहेन, अ’नुसन्धा’नमा समेत स’म’स्या भएको छ’, डीएसपी घर्तीले भने ।

    राउटे युवतीमाथि भएको यौ’न दु’र्व्य’वहारको घ’ट’ना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ । घ’ट’नाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै क’डा स’जा’य दिन सक्ने प्रहरीको भनाइ छ ।

     

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस