सीइडीबी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार? - सिधा मिडिया



सीइडीबी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार?

    २५ जेष्ठ २०७८, मंगलवार १८:०४  मा प्रकाशित
66 जनाले पढ़िसके

प्रतिक्रिया


    नेपाल स्टक एक्सचेन्ज

    नेप्सेमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सुचिकृत भएको छ। आज कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ ।

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३८.७९ देखि ४१६.३७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यो रेन्ज भित्रको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । कम्पनीको CEDB सिम्बलबाट कारोबार हुने छ ।

    नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको थियो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका थिए ।

    आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका थिए। २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए। क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रबर्धित सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको प्रचलित कानुन अन्तर्गत मिति २०६६÷०८÷१५ गतेका दिन नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो ।

    कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला का. म. न. पा. वडा नं. ११, त्रिपुरेश्वरमा रहेको छ । हाल यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् । कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस