माधव नेपाल समूहलाई गोकुल बाँस्कोटाले दिए ‘खरानी समूह’ को संज्ञा - सिधा मिडिया



माधव नेपाल समूहलाई गोकुल बाँस्कोटाले दिए ‘खरानी समूह’ को संज्ञा

    २५ जेष्ठ २०७८, मंगलवार १९:५१  मा प्रकाशित
59 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौं, २५ जेठ ।

    नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल समूहलाई खरानी समूहको संज्ञा दिएका छन् । उनले नेपाल समूहले विधि, पद्धती, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्रको जोगाउने भनेपनि त्यो अनुरुपको काम नगरेको टिप्पणी गरेका छन् ।

    सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिँदा नेपाल समूहका १७ जना सांसदले फ्लोर क्रस गरेपछि बाँस्कोटाको यस्तो भनाई आएको हो ।

    उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना ११

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस