चितवनमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु छोरा घाइते - सिधा मिडिया



चितवनमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु छोरा घाइते

    २६ जेष्ठ २०७८, बुधबार ११:१२  मा प्रकाशित
122 जनाले पढ़िसके

प्रतिक्रिया


    पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    मगरको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिनुभयो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस