स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता शेयर आजदेखि लिलामीमा - सिधा मिडिया



स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता शेयर आजदेखि लिलामीमा

    २६ जेष्ठ २०७८, बुधबार ११:५३  मा प्रकाशित
65 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाडौं, २६ जेठ ।

    स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला गरेको छ । संस्थाले (जेठ २६) आजदेखि प्रतिशेयर मुल्य न्युनतम ७५१ रुपैयाँ निर्धारण गरी विक्रि खुल्ला गरेको हो ।

    कम्पनीले शेयर खरिद गर्न इच्छुक संस्थापक, व्यक्ति तथा आवेदकले तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी असार २९ गतेसम्म बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरेको छ ।

    कम्पनीको शेयर तथा विक्रि प्रबन्धकमा श्री हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

    बोलपत्र असार ३० गते बिहान १० बजे हिमालयन क्यापिटल लिमिटेड, कर्मचारी संचय कोष भवन, ठमेल काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने कम्पनीले जनाएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस