एमाले एकता हुन नसक्नुको मूल जड भनेकै ओली, नेपाल र खनाल हुन् : योगेश भट्टराई - सिधा मिडिया



एमाले एकता हुन नसक्नुको मूल जड भनेकै ओली, नेपाल र खनाल हुन् : योगेश भट्टराई

    २६ जेष्ठ २०७८, बुधबार १५:१९  मा प्रकाशित
108 जनाले पढ़िसके

प्रतिक्रिया


    काठमाण्डौ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता हुन नसक्नुमा मूल जड भनेकै अध्यक्ष केपी शर्मा ओली, नेता माधव कुमार नेपाल र झलनाथ खनाल रहेको आरोप लगाउनुभएको छ ।

    सामाजिक सञ्जालमार्फत उहाँले आफ्नै पार्टीका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने अध्यक्ष ओली आफ्नै पार्टीका नेतासँग मिल्न नसक्नु नै बिडम्बना रहेको उहाँकाे भनाइ छ ।

    यस्तै उहाँले आफ्नै पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर विपक्षी गठबन्धन बनाएर अघि बढेको भन्दै माधव नेपाल र झलनाथ खनालप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने खनाल–नेपाल समूहले अध्यक्ष ओलीसँग मिल्न तयार नहुनु पनि समस्याको जड रहेको उहाँले बताउनुभयो ।

    पछिल्ला यस्ता गतिविधिहरु कस्ले, किन र केका लागि गर्दैछ भन्ने प्रश्न गर्दै उहाँले यी समस्या यथावत रहेसम्म एमाले एकताको सम्भावना कम रहेको बताउनुभयो । यसबारे पार्टीका शीर्ष नेताहरुबीच गम्भीर छलफल गरेर साझा निष्कर्ष निकाल्न साझा अभियानमार्फत एमालेलाई बचाउनुपर्ने उहाँको भनाइ छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस