एक महिलाले ७ महिनामै एकैपटकमा जन्माइन् १० सन्तान, राखिन बिश्व रेकर्ड (५ तस्विर सहित) - सिधा मिडिया



एक महिलाले ७ महिनामै एकैपटकमा जन्माइन् १० सन्तान, राखिन बिश्व रेकर्ड (५ तस्विर सहित)

    २६ जेष्ठ २०७८, बुधबार १९:३७  मा प्रकाशित
163 जनाले पढ़िसके

प्रतिक्रिया


    दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ ।

    राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

    सितहोलले डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताएपनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको बताइन्। प्रेटोरिया न्युजसँग उनका श्रीमान तेबोहो सोतेसीले भनेका छन्,‘७ छोरा र ३ छोरीको जन्म भएको छ। मेरी श्रीमती ७ महिना ७ दिनको गर्भवती थिइन्। म खुशीसँगै भावुक भएको छु।’

    यसैबीच यतिबेला सितहोलले गिनिस वर्ल्ड रेकर्ड राखेको भनेर चर्चा चलेको छ। हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपटक जन्म भएको रेकर्ड थियो। सो रेकर्ड मालीयन हालिमा सिसेको नाममा छ। मोरोक्कोकी उनले गत महिना मात्र ९ सन्तानको जन्म दिएकी थिइन्। तस्विर तल हेर्नुहोस :

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस