राउटे सम्झनाको सोझोपनाको फाइदा उठाउँदै होटलसम्म पुर्याउने युवकलाई हुने भयो यस्तो सजाय - सिधा मिडिया



राउटे सम्झनाको सोझोपनाको फाइदा उठाउँदै होटलसम्म पुर्याउने युवकलाई हुने भयो यस्तो सजाय

    २६ जेष्ठ २०७८, बुधबार १९:४४  मा प्रकाशित
879 जनाले पढ़िसके

प्रतिक्रिया


    सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटमा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि शनिबार राति स्थानीय युवाहरूले यौ न दु र्व्य व हार ग रे का छन् ।

    राति ९ बजेतिर उनीहरूले दु र्व्य व हार मा त्रै ग रे नन्, ती युवतीमाथि यौ न शो ष ण ग रे को भिडियो समेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे । उक्त भिडियो शनिबार राति भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि म दि रा खुवाएर दु र्व्य वहार ग रे को भिडियोमा देखिन्छ ।

    युवतीहरूलाई फकाएर होटलमा ल गे र यौ न दु र्व्यव हा र ग रे को भिडियो भाइरल भएको भोलिपल्ट आइतबार प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । ‘अहिले सोधपुछ भइरहेको छ,’ उनले भने, ‘अहिले नै यो घटनाबारे विस्तृत रूपमा भन्ने अवस्था छैन । कारबाहीको प्रक्रिया अगाडि बढिसकेको छ ।’ सामाजिक अभियन्ता कुमार राइले यस बिसयमा चर्को आवाज उठाएका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस