पौडी खेल्न गएका फुटबल खेलाडी सहित ५ जना आँखुखोलामा डु बेर बेपत्ता - सिधा मिडिया



पौडी खेल्न गएका फुटबल खेलाडी सहित ५ जना आँखुखोलामा डु बेर बेपत्ता

    २७ जेष्ठ २०७८, बिहीबार १४:०२  मा प्रकाशित
95 जनाले पढ़िसके

प्रतिक्रिया


    धादिङ, २६ जेठ ।

    धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ आँखुखोलामा डु ब्दा बेपत्ता भएका छन् । बुधबार बिहान ८ बजेतिर साथीहरुसँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका श्रेष्ठ बेपत्ता भएका हुन् ।

    नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिग खेलेका खेलाडी हुन् । उनी बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको छ ।

    यस्तै धादिङको त्रिशुली नदी गजुरी खण्डमा १ जना र बुढीगण्डकी ज्वालामुखी खण्डमा ३ जना गरी ४ जना मंगलबार एकैदिन वेपत्ता भएका छन् ।त्रिशुली नदी गजुरी खण्डमा ब्यारेक पछाडी सवा ४ बजे माछामार्न गएका १ जना र बुढी गण्डकी ज्वालामुखी खण्ड जोगिटार पशुपति थानमा नुहाउन गएका ३ जना पौने ४ बजे वेपत्ता भएका हुन् ।

    सिद्धलेक ६ बस्ने २८ वर्षिय राम ब बिसंखे त्रिशुली नदीमा जाल हान्ने क्रममा बेपत्ता भएका हुन् । नेपाली सेना प्रहरीले राती सम्म खोजतलास गरेका थिए तर फेला नपरेको प्रहरीले जनाएको छ । बुढी गण्डकीमा वे’पत्ता भएका ज्वा लामुखि २ का २२ वर्षिय सुबास नेपाली २० वर्षिय दिनेश नेपाली र १८ वर्षिय सन्तोष नेपाली पनि फेला परेका छैनन् । यी सबैको मंगलबार अवेर सम्म खोजी कार्य हुँदा समेत फेला नपरेपछि पुन: आज बिहानैबाट स्थानीयहरुको समेत सक्रियतामा खोजविन सुरु भएको प्रहरीले जानकारी दिएको छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस