गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ - सिधा मिडिया



गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

    २७ जेष्ठ २०७८, बिहीबार २०:१७  मा प्रकाशित
179 जनाले पढ़िसके

प्रतिक्रिया


    पोखरा —

    ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न आएको भन्दै सोधपुछका लागि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

    निषेधाज्ञाका बेला पोखरा किन आए भन्ने खुलेको छैन । लेकसाइडको एक होटलमा बसेका लामालाई पछि अर्को रेष्टुरेन्टमा गएका बेला दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेको थिए । उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।

    यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएको बताइएको छ ।

    सोही बिषयमा सोधपुछका लागि लामालाई प्रहरीले पक्राउ गरेको हो । अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस