भारत गएका दाजु उतै हराए, बुवाको निधन भएपछि १४ बर्षे छोरीले गरिन् अन्तिम संस्कार र किरिया - सिधा मिडिया



भारत गएका दाजु उतै हराए, बुवाको निधन भएपछि १४ बर्षे छोरीले गरिन् अन्तिम संस्कार र किरिया

    २७ जेष्ठ २०७८, बिहीबार २१:३१  मा प्रकाशित
67 जनाले पढ़िसके

प्रतिक्रिया


    उदयपुर- तीन सन्तान मध्य दाजु रोजगारीका लागि भारत गएका उतै हराए । घरमा दिदी बहिनी मात्र थिए । त्यसैवेला बुवाको निधन भयो ।

    दाई पनि नभए पछि बुवाको धार्मिक संस्कार पुरा गर्ने दायीत्व छोरीले लिइन् । हिन्दू धार्मिक मान्यता र संस्कारमा बुवा आमाको अन्तिम संस्कार र किरिया गर्ने काम छोराको हो भनिन्छ ।

    तर उदयपुर कटारी नगरपालिका वार्ड नम्बर ५ बरमझियाका बलबहादुर थापा मगरकी छोरीले भने त्यो परम्परा तोडिदिएकी छन् । दाजु नभए पछि उनले बुवा बलरामको मृत्यु पछि सन्तानले गर्नुपर्ने सबै संस्कार उनले गरिन् ।

    उनले बुवाको पार्थिव शरिरलाई काँधमा घाटसम्म लगिन् । दागवत्ती दिइन् र किरिया पनि बसेकी हुन् । वुवाको शरिरलाई काँध दिएर घाट लैजाने १४ वर्षीया भगवती थापाले सबै संस्कार गरेकी हुन् ।

    अहिले उनी किरियापुत्री बसेकी छन् । उनको यो कामले छोरा नै चाहिन्छ भन्ने रुढीवादी समाजलाई राम्रो उदाहरण मिलेको छ । सन्तान सबै बराबर हो दायीत्व छोरीले पनि निभाउँछन् भन्ने उदाहरण भगवतीले दिएकी छन् । मगरका एक छोरा र दुई छोरीमध्ये भगवती जेठी हुन् । मृतकका जेठा छोरा ५ वर्षअघि कामको खोजीमा भारतको कोइलाखात गएपछि फर्केर आएका छैनन् ।

    बुवाको मृत्युपछि भगवतीलाई पारिवारिक दायित्व पनि थपिएको छ । दुःखको यो बेला उनको परिवारलाई सहयोग र सहानुभूतिको मात्रै होइन हौसला दिनेको पनि खाँचो रहेको पत्रकार रेणुका पराजुलीले बताइन् । उनले भगवतीको प्रशंसा गर्दै लेखेकी छन्- ‘सामाजिक क्रान्तिको उदाहरण’

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस