काठमाडौं ।
नेपालमा एक दुर्लभ माछा फेला परेको छ । प्रदेश नम्बर १ को मोरङ जिल्लामा अनौंठो माछा भेटिएको हो । यहाँको बेलबारी ६ स्थित नहरमा अनौठो प्रकारको माछा भेटिएको भन्दै स्थानिय चकित भएका छन् । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको बिचपैनीमा बुधबार त्यस्ता २ वटा माछा देखिएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीय बयोवृद्ध अग्रज र माछा पाल्ने तथा यसको व्यवसायमा संलग्नहरुले समेत विगतमा यस्तो माछा कहिल्लै नदेखेको बताएका छन् । अहिले उक्त माछालाई त्यहाँका स्थानीयले जिवितै सुरक्षित राखेका छन् । फेला परेका माछाका विषयमा जीवशास्त्री वा संरक्षणविदहरुलाई अवलोकन गराएर जाकारी लिन चाहेको स्थानिय टेकनाथ शर्माले जानकारी दिनुभएको छ ।
अहिलेलाई ती माछा बेतना सिमसारमा बुझाउने र प्रांणीशास्त्रीहरुबाट त्यसको प्रजाती,विशेषता लगायतबारे पनि जान्ने प्रयास गरिरहेको शर्माले बताउनुभएको छ । आफुहरुले गुगल सर्च गर्ने क्रममा प्लेको जातको माछा हुनसक्ने अनुमान गरे पनि यसको बास्तविकता बुझ्ने स्थानियको चाहना रहेको पनि शर्माले जानकारी गराउनुभयो ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस