धनुषमामा पोखरीमा डु बेर एउटा गाउँका ५ बालिकाको मृत्यु भएपछि पुरै गाउँ शोकमा - सिधा मिडिया

धनुषमामा पोखरीमा डु बेर एउटा गाउँका ५ बालिकाको मृत्यु भएपछि पुरै गाउँ शोकमा

    २८ जेष्ठ २०७८, शुक्रबार १९:३४  मा प्रकाशित
174 जनाले पढ़िसके




काठमाडौ ।

धनुषमामा पोखरीमा डु बेर एउटा गाउँका ५ बालिकाको मृत्यु भएपछि गाउँ शोकमा डु वेको छ । एकै पटक ५ बालिकाको मृत्युले गाउँलाई निकै ठूलो चो ट दि ए को छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुर गाउँका पाँच बालिकाको शुक्रवार पोखरीमा डु बेर मृत्यु भएको हो।

नुहाउन गएका बालिकाहरुको डु बेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दिउँसो साढे १२ बजेको समयमा नुहाउन गएको बेला उनीहरुको डु बेर मृत्यु भएको हो। घटनाका विषयमा थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ। सांकेतिक तस्बिर

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस