मतदान गर्ने बेला सांसद मनाङेलाई भगाउने यी चर्चित नेतापो रहेछन - सिधा मिडिया

मतदान गर्ने बेला सांसद मनाङेलाई भगाउने यी चर्चित नेतापो रहेछन

    २८ जेष्ठ २०७८, शुक्रबार १९:३७  मा प्रकाशित
207 जनाले पढ़िसके




गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला उनकै सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भए।

उसो त उनले मतदानको पूर्वसन्ध्यामा बुधबार साँझ नै आफू विपक्षी गठबन्धनको समर्थनमा रहेको बताइसकेका थिए।

नभन्दै भोलिपल्ट सांसद मनाङे प्रदेश सभाको बैठकमै उपस्थित भएनन्। उनले मत दिएका भए पनि मुख्यमन्त्री गुरुङले बहुमत त ल्याउँथेनन्। आफ्नो पार्टी एमालेका २७ सांसदले मात्र उनलाई मत दिए र विश्वासको मतमा पराजित हुँदै अहिले उनी पदबाट हटेका छन्। यसपछि त्यहाँ नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको छ भने कांग्रेसको नेतृत्वमा विपक्षीले मुख्यमन्त्रीको दाबी पनि पेस गरिसकेको छ।

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सांसद मनाङे सँगै रहेको तस्बिर सार्वजनिक गरेका हुन्। क्याप्सनमा उनले लेखेका छन्, ‘गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङेलाई आखिर कसले लुकाएको रहेछ? तस्बिर स्वयं यस्तो बोल्छ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस