स्याङजामा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध - सिधा मिडिया

स्याङजामा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

    ३० जेष्ठ २०७८, आईतवार ०८:५६  मा प्रकाशित
230 जनाले पढ़िसके




प्रदिप पंगेनी / स्याङ्जा । पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत फेदिखोला गाँउपालिका वडा नं. २ भालुपहाड स्थित सडक खण्ड अवरुद्ध भएको छ ।

स्याङ्जको फेदिखोला गाँउपालिका वडा नं. २ भालुपहाड भन्ने स्थानमा अविरल बर्षाको कारण माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अबरोध भएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

आइतबार विहान ०६:३० बजेदेखि सडक अवरुद्ध भएको हो । सडक बिभाग र सम्बन्धित निकायसँग समन्वय गरी बाटो खुलाउने पहल भै रहेको छ ।

भारी वर्षाका कारण सडक अवरुद्ध हुँदा  बुटवल,  पाल्पा, स्याङ्जा हुँदै पोखरा तर्फ गइरहेका  र पोखराबाट स्याङ्जा,  पाल्पा, बुटवल लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिने गरी पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस