"राजनैतिक कठघरामा गोपालमान: कार्यकर्ताको प्रस्ताव सुन्ने की ? नातागोताको मुख हेर्ने" - सिधा मिडिया

“राजनैतिक कठघरामा गोपालमान: कार्यकर्ताको प्रस्ताव सुन्ने की ? नातागोताको मुख हेर्ने”

    २ असार २०७८, बुधबार १७:१७  मा प्रकाशित
792 जनाले पढ़िसके




 

स्याङ्जा काङ्ग्रेस भित्र काङ्ग्रेस संगठन बिभागका प्रमुख गोपालमान श्रेष्ठको भुमिका महत्वपूर्ण मानिन्छ। श्रेष्ठ लामो समयदेखि नेपाली काङ्ग्रेसको केन्द्रिय राजनीतिमा सक्रिय भुमिका निर्बाह गरिरहेका छन।

पार्टीको उपसभापतिको जिम्मेवारी सम्हाली सकेका गोपालमानका लागी स्याङ्जा काङ्ग्रेस भित्रको आन्तरिक राजनीतिमा भने नाता गोता केन्द्रित राजनीतिले खतराको घण्टी हानिरहेको टिकाटिप्पणी यतिबेला स्याङ्जा काङ्ग्रेसका कैयन युवा नेता कार्यकर्ताले गरिरहेका छन।

गण्डकी प्रदेश सरकार काङ्ग्रेसको नेतृत्वमा बनिसकेको अबस्थामा स्याङ्जाको भागमा परेको मन्त्री पदका लागी यतिबेला मैदान देखिन्छन,गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल र मेखलाल श्रेष्ठ ।मल्ल स्याङ्जा क्षेत्र न.२ख बाट प्रत्यक्ष निर्बाचित सांसद हुन भने मेखलाल समानुपातिक सुचिका सांसद हुन।

यी दुबै जना सांसद मन्त्री बन्ने होडमा छन।यी दुई मध्य कस्लाइ प्रदेशको मन्त्री बनाउने भन्ने बिषयमा अहिले स्याङ्जा काङ्ग्रेस तातेको देखिन्छ। अधिकतम कार्यकर्ताले प्रकाश मल्ललाई मन्त्री बनाउने माग सहित आफ्नो बिचार सामाजिक संजालमा एकछत्र पोखिरहेका छन। उता मेखलाल श्रेष्ठ सँग भने गोपालमानको पारिवारिक सम्बन्ध जोडिएको देखिन्छ।

तथापि भागवत प्रकाश मल्ल र मेखलाल श्रेष्ठ दुबै गोपालमान निकट गण्डकी प्रदेश सभा सदस्य मानिन्छन। यी सबै कुरालाई मध्य नजर गर्दा गोपालमानको निर्णय प्रमुख मानिन्छ। यद्यपि स्याङ्जा काङ्ग्रेस भित्रका अधिकतम कार्यकर्ताको मनोदशालाई बुझ्दा यति बेला गोपालमान भने फेरि एकपटक आफ्नो राजनैतिक छवि र स्याङ्जा काङ्ग्रेस भित्रको आफ्नो बिरासत बचाउन सक्लान या नसक्लान।यो प्रश्न प्रमुख बनेको छ।

नेतृत्व तहमा बसेर गरिने फैसला आफु र आफ्ना नातागोता अनुकुल हुन्छ या संगठन आम कार्यकर्ता र स्याङ्जाली जनताको भाबना अनुकुल हुन्छ।त्यो भने हेर्न बाकी छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस