आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय - सिधा मिडिया

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय

    ८ असार २०७८, मंगलवार २१:०९  मा प्रकाशित
219 जनाले पढ़िसके




काठमाडौं।

सरकारले कोरोना महामारीका कारण स्थगित गरिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको निर्णय राजपत्रमा प्रकाशितसमेत भएको छ।

सरकारले संक्रामक रोग ऐन २०२० अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवामा प्रतिबन्ध लगाएको थियो। अब सो प्रतिबन्ध हटाउने निर्णय भएको हो। हवाई उडानमा स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ। गत वैशाखा तेस्रो हप्तापछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो। सरकारले केही मुलुकका लागि अन्तर्राष्ट्रिय उडानहरु यसअघि नै शुरु गर्न अनुमति दिइसकेको थियो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस