५० किता पर्ने आइपीओ आउने पक्का.... - सिधा मिडिया

५० किता पर्ने आइपीओ आउने पक्का….

    १३ असार २०७८, आईतवार १८:५३  मा प्रकाशित
4287 जनाले पढ़िसके




सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ।बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात

८७.१० : १२.९० हुने गरी मिलान गर्ने र यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने निर्णय गरेको हो।

सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ।त्यस्तै सभाले आ.व.२०७६।७७ सम्मको मुनाफावाट हालको चुक्ता पुंजी को १९.११८ प्रतिशत बोनस

शेयर तथा कर प्रयोजनका लागि १.००६% नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।यो पनि पढ्नुहोस साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ। गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

घटेको बजारमा यस दिन लगानीकर्ताहरु ऋणपत्रमा आकर्षित भएको देखिन्छन्। यस दिन शेयरमूल्य बढेका १८ कम्पनीहरुमध्ये अधिकांश डिबेन्चर रहेका छन्।

आर्थिक वर्षको अन्त्यमा ब्याज पाइने भएकोले अहिले बजारमा ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरु बताउँछन्। ऋणपत्रमा प्रायजसो कम्पनीहरुले अर्थवार्षिक रुपमा ब्याजदर प्रदान

गर्ने गर्दछन्। र सो अनुसार कम्पनीहरुले अब असार मसान्तमा ब्याज प्रदान गर्दछन्। त्यसैले यस महिनामा ऋणपत्र खरिदबिक्री बढी हुने गरेको उनीहरुको भनाइ छ।

अहिले बजार घट्दो क्रममा छ। यस्तो बेला ऋणपत्रमा लगानी गर्नु सुरक्षित हुने र प्रतिफल पनि पक्क भएका कारण ऋणपत्रमा लगानीकर्ताहरु आकर्षित भएको उनीहरुको बुझाइ छ।

सोमबार नेप्से परिसूचक २.४५ प्रतिशत अर्थात ७१.०६ अंक घटेर २८३४.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३७ अंक घटेर ५२०.१८ विन्दुमा झरेको छ।

यस दिन २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटकको कारोबारमा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मेरो लगानी वाट साभार

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस