लगातार लघुवित्तको आईपीओको लहर एक पछि अर्को निष्काशनको मिति सार्वजनिक - सिधा मिडिया

लगातार लघुवित्तको आईपीओको लहर एक पछि अर्को निष्काशनको मिति सार्वजनिक

    १४ असार २०७८, सोमबार १७:५८  मा प्रकाशित
3473 जनाले पढ़िसके




काठमाण्डौ । दोस्रो बजारमा महँगो मूल्यमा सेयर खरिदबिक्री हुने लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएका छन् ।

जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् ।केही दिन अघि जीवन विकास लघुवित्तले आईपीओ निष्काशनको मिति तय गरेको थियो ।

सो कम्पनीको आईपीओ निष्काशन अझै भईसकेको छैन । कम्पनीले आगामी शुक्रबार अर्थात् २०७८ असार ११ गतेबाट आईपीओ जारी गर्ने भएको हो । साथै,

मनकामना स्मार्ट लघुवित्तले पनि आईपीओ निष्काशनको मिति तोकेको छ । सो लघुवित्त कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्मका लागि आईपीओ निष्काशनको मिति तोकेको हो ।

कम्पनीले कुल जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सो शेयरमध्ये ६०५८ कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ भने १९४५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता

शेयर भने सर्वसाधारणलाई प्रदान गरिनेछ । कम्पनीको शेयरमा आवेदन गर्नेमध्ये भाग्यमानी ३६ हजार ३ सय ४९ जनाले १० कित्ताका दरमा शेयर प्राप्त गर्न सक्नेछन् ।

मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा

बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस