शिवम् सिमेन्टले ४ सय रुपैयाँ अकित मुल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ निस्काशन गर्दै - सिधा मिडिया

शिवम् सिमेन्टले ४ सय रुपैयाँ अकित मुल्यमा ५२ लाख ८० हजार कित्ता आईपीओ निस्काशन गर्दै

    १५ असार २०७८, मंगलवार २०:३०  मा प्रकाशित
3543 जनाले पढ़िसके




काठमाडी-

शिवम् सिमेन्टले सर्वसाधारणलाई सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५३ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीको ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो । २५ गते नसम्पर कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

नेपाल धितोपत्र बोर्डले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिकित्ता ३ सय रुपैयाँ र सर्वसाधारणका लागि ४ सय रुपैयाँमा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

बोर्डका अनुसार उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई १ सय रुपैया सतुलियतमा आईपीओ निष्कासन गर्ने उद्योगको प्रस्तावलाई बोर्डले स्वीकार गरेको छ।

शिवम्ले हालको जारी पुँजी

४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४ अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र उक्त पुजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित

स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने जनाएको छ।लामो समयपछि सेयर बजारमा वास्तविक उत्पादनमूलक कम्पनी प्रवेश गर्न लागेको हो। गत वर्ष चितोपत्र बोर्डले

वास्तविकलगायत अन्य क्षेत्रले न्यूनतम १० प्रतिशत पर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवम्ले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।

जीनको होडसी सिमेन्टसँग साझेदारी रहेको शिवम सिमेन्टको उद्योग मकवानपुरको हेटौंडामा छ । सो उद्योगबाट दैनिक हजार टन सिमेन्ट उत्पादन हुनेछ । आईपीओ निष्कासन गर्ने

पहिलो सिमेन्ट उदोग शिवम् सिमेन्टले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । अर्घाखाँची सिमेन्टलगायतका अन्य केही सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस