कुवाकोट साना किसान कृषि सहकारी संस्था लि. द्धारा किसानहरुलाई मिनि टिलर वितरण - सिधा मिडिया

कुवाकोट साना किसान कृषि सहकारी संस्था लि. द्धारा किसानहरुलाई मिनि टिलर वितरण

    १७ असार २०७८, बिहीबार १५:५४  मा प्रकाशित
496 जनाले पढ़िसके




स्याङ्जा :

चापाकोट नगरपालिका १० बोटटार स्थित श्री कुवाकोट साना किसान कृषि सहकारी संस्था लि ले १७ गते बिहीबार का दिन गण्डकी प्रदेश स्याङ्जा जिल्ला स्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन एकाइ कार्यालयको ५० प्रतिशत अनुदान सहयोगमा चापाकोट नगरपालिका क्षेत्रका किसानहरु लाई मिनि टिलर वितरण कार्य गरेको छ ।

उक्त कार्यक्रममा  सहकारी संचालक समितिका अध्यक्ष श्री राजु कोइराला, उपाध्यक्ष श्री याम कुमारी खनाल, सदस्य श्री सिता कुमारी थापा , लेखा सम्योजक .चिनुमाया श्रेष्ठ , सदस्य लक्ष्मी पंज्ञानी संस्था कर्मचारीहरु साथै अन्तर समुहका १५ जना कृषक सदस्य लगायत स्थानिय हरुको उपस्थितिमा वितरण कार्य सम्पन्न भएको छ ।

उक्त वितरण गरेको मिनि टिलरले खनजोतमा सहजता ल्याउने लगायत कृषि जन्य क्रियाकलापहरुमा आधुनिकिकरण ले कृषि कार्य लाई सहज र छिटो छरिटो हुने कृषकहरु ले खुसि  व्यक्त गर्नु भयो ।

साथै अध्यक्ष राजु कोइराला द्धारा आगामि समयमा थप कृषि जन्य क्रियाकलाप तथा कृषि कार्यका लागि आवश्यक पर्ने औजार उपकरणहरु समेत आफुले सके सम्म व्यवस्था गर्न सम्बन्धित निकायहरु मा कार्यक्रम माग गर्ने समेत प्रतिद्धता जायर गर्नु भएको थियो भने आउने दिनहरुमा पशु पालन लाई आवश्यक पर्नै पोष्णयुक्त आहार तथा सुपर नेपियर  घासको स्रोत केन्द्र , तालिमको समेत व्यबस्था  गर्न पहल गर्ने समेत बताएका छन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस