कुवाकोट साना किसानले सुपर नेपियर घासँको स्रोत केन्द्र स्थापनाको लागि वितरण गर्यो विरुवा - सिधा मिडिया

कुवाकोट साना किसानले सुपर नेपियर घासँको स्रोत केन्द्र स्थापनाको लागि वितरण गर्यो विरुवा

    १८ असार २०७८, शुक्रबार १७:३४  मा प्रकाशित
533 जनाले पढ़िसके




चापाकोट नगरपालिका १० बोटटार स्थित श्री कुवाकोट साना किसान कृषि सहकारी संस्था लि ले मिति २०७८।०३।१८ गतेका दिन भुमि व्यवस्था तथा सहकारी मन्त्री हुदा यसै क्षेत्रका माननिय श्री पदमा कुमारी अर्याल ज्यूको पहलमा कालिगण्डकी गाउँपालिका मार्फतको अनुदान सहयोगमा चापाकोट नगरपालिका क्षेत्रका किसानहरु लाई सुपर नेपियर घासँको स्रोत केन्द्र स्थापनाको लागि विरुवा वितरण कार्य गरेकोको छ ।

उक्त कार्यक्रममा सहकारी संचालक समितिका अध्यक्ष श्री राजु कोइराला,उपाध्यक्ष श्री याम कुमारी खनाल, सदस्य श्री सिता कुमारी थापा ,लेखा सम्योजक । चिनुमाया श्रेष्ठ ,सदस्य लक्ष्मी पंज्ञानी संस्था कर्मचारीहरु साथै अन्तर समुहका प्रतिनिधि कृषक सदस्य लगायत स्थानिय हरुको उपस्थितिमा वितरण कार्य सम्पन्न भएको हो ।

साथै अध्यक्ष राजु कोइराला द्धारा ,भुमि व्यवस्था तथा सहकारी मन्त्री माननिय श्री पदमा कुमारी अर्याल ज्यूको पहल तथा कालिगण्डकी गाउँपालिका मार्फत कार्यक्रम माग गरी कृषकहरुमा वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो थियो साथै उक्त घासँ ले बाख्रा,भैसी ,गाई आदि पशु पालन मा समेत सहजता ल्याउने कुरा बताउनु भएको थिया ।

किसानहरुको लागि विशेष पहल गरि विरुवा वितरणको लागि अनुदान सहयोग गरेको मा माननिय पूर्व भुमी व्यवस्था तथा सहकारी मन्त्री श्री पदमा कुमारी अर्याल ज्यू साथै कार्यक्रम सहजिकरण गरी सहयोग गरि दिएकोमा कालिगण्डकी गाउँपालिका सम्बन्धीत सबैमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस