सहज बन्यो अब काठमाडौको जिवन, टेम्पु, माइक्रो सबै सञ्चालन, अरु के के भए निर्णय ? - सिधा मिडिया

सहज बन्यो अब काठमाडौको जिवन, टेम्पु, माइक्रो सबै सञ्चालन, अरु के के भए निर्णय ?

    २० असार २०७८, आईतवार २०:३१  मा प्रकाशित
109 जनाले पढ़िसके




काठमाडौ । काठमाडौँ उपत्यकाको जनजिवन अब अझै सहज हुने भएको छ । आइतवार प्रमुख जिल्ला अधिकारीहरुले फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाउने निर्णय गरेका छन् ।

अब उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । यस अघि २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक सवारी साधन मात्र जोर विजोरमा संचालको अनुमति दिइएको थियो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो ।

यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । अब असार २२ गते (मंगलबार) देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् । बैठकले स्वीकृत सिट क्षमता अनुसार टेम्पो र निलो माइक्रोलाई पनि चल्न दिने निर्णय गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस