घरको छतबाट खसेर पूर्व क्याम्पस प्रमुखको मृत्यु ! - सिधा मिडिया

घरको छतबाट खसेर पूर्व क्याम्पस प्रमुखको मृत्यु !

    २० असार २०७८, आईतवार २१:२५  मा प्रकाशित
336 जनाले पढ़िसके




घरको छतबाट खसेर महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको ज्यान गएको छ ।

शनिबार दिउँसो इटहरी–२० तरहरामा आफ्नै घरको छतबाट खसेर ज्यान गएको हो । मृ-तकको श-व मुचुल्का उठाएर प्रहरीले वीपी प्रतिष्ठान धरान लगेको छ । मृत-क श्रीमतिको साथमा घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनका २ जना छोरा र बुहारी अमेरिकामा बस्दै आएका छन् ।

पाइपबाट पानी लिकेज भएपछि हेर्न जाने क्रममा घरको तेस्रो तला (छत)बाट चिप्लिएर खसेको र घटनास्थलमा नै मृत्यु भएको इटहरीका डिएसपी अर्जुन केसी बताए ।

डिएसपी केसीले भने, पाइप हेर्न जाने क्रममा चिप्लिएर खस्नु भएछ, टाउको पछाडि भुईमा बजारिएछ प्रहरीले जनाएको छ । मृतक राई भुमी सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति सुनसरीका विज्ञ सदस्य रहेका थिए ।

उनी मृतक किरात राई यायोक्खा सुनसरीको संस्थापक सचिव पनि हुन् । उनी २०४७ देखि २०५३ सम्म २ कार्यकाल सचिवकोरुपमा रहेका थिए । उनी हाल यायोक्खा सुनसरीको सल्लाहकार थिए ।

शव पोस्ट-मार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस