मलाई बचाउ भन्दै गुहार मागेकी छोरीलाई बचाउन सकिएन, सुजिताकी आमाले भक्कानिदै भनिन् ‘सबैले आफै हिँडेकी होली समेत भने’ - सिधा मिडिया

मलाई बचाउ भन्दै गुहार मागेकी छोरीलाई बचाउन सकिएन, सुजिताकी आमाले भक्कानिदै भनिन् ‘सबैले आफै हिँडेकी होली समेत भने’

    २१ असार २०७८, सोमबार २०:४१  मा प्रकाशित
202 जनाले पढ़िसके




चितवनको राप्ती नगरपालिकामा एक युवतीको शव फेला परेको छ । आइतबार साँझ नगरपालिकाकै ब्रम्हस्थानी सामुदायीक बनमा युवतीको शव फेला परेको हो । आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो। उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्।

भण्डारीको अ’पह’रण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’पह’रण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

मलाई बचाउनु भनेर बिलौना गर्दै फोन गरेर जानकारी समेत दिएकी छोरीलाई बचाउन नसकिएको भन्दै आमा अम्बिकाले बिलौना गरेकी छन् । ‘ नानी यहाँबाट हिँडिछे । आफूलाई थाहा छैन । धानको रोपाइँ भएकाले हामी हिँड्नु परिगो । नानीहरू घरमै थे । उनीहरू बिहान आफ्नै सुरले उठ्ने हो । मैले हेर्दा पनि हेरिनँ । त्यो दिन नानी कतिखेर गई मलाई थाहा छैन । बुबालाई, दिदीलाई पनि थाहा छैन ।

नानी गई । यहाँबाट गइसकेपछि साथीको घर पुग्नेबित्तिकै बीचमा त्यस्तो भएछ । १२ बजे दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन् ।

उसको खुशीले हिँडेको पनि हुन सक्छ नि, भन्ने कुरा भयो । अ प ह र ण गरेको व्यक्तिले कसरी फोन गर्छ भन्ने भयो । साँच्चिकै मार्न लगेको रहेछ । हामीलाई के थाहा र ?

उनले घटनाको निस्पक्ष छानविन गरी घटनामा संलग्न ब्यक्ति पक्राउ गर्न माग गरेकी छन् । हिँड्ने मान्छेले फोन गरेर मलाई बचाऊ मरे पनि भन्दैनथ्यो । कहिले पनि भन्दैन । रुँदै फोन गरेको छ मलाई बचाऊ भनेर । हामीले बचाउन सकिएन । त्यस्तोमा लगेर छोरी मा रि दिए ।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस