घ्याम्पे डाँडामा महिला मन्त्रालयको गाडीभित्र अश्लील यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ - सिधा मिडिया

घ्याम्पे डाँडामा महिला मन्त्रालयको गाडीभित्र अश्लील यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ

    २४ असार २०७८, बिहीबार २१:५६  मा प्रकाशित
282 जनाले पढ़िसके




काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी राेकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेका थिए ।

भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस