चापाकोटका मेयर गिरीको निर्देशनमा किसानमा ७ जना विद्यार्थीलाई खाद्यान्न सहयोग - सिधा मिडिया

चापाकोटका मेयर गिरीको निर्देशनमा किसानमा ७ जना विद्यार्थीलाई खाद्यान्न सहयोग

    २५ असार २०७८, शुक्रबार २२:२९  मा प्रकाशित
378 जनाले पढ़िसके




प्रदिप पंगेनी / स्याङ्जा :  चापाकोटका मेयर शिव कुमार गिरीको निर्देशनमा चापाकोट नगर- कार्यपालिकाका सदस्य सुर्य माझीको पहलमा ७ जना बिद्यार्थीलाई खाद्यान्न सहयोग गरीएको, कार्यपालिका सदस्य सुर्य माझीले “सिधा मिडिया” सँगको कुराकानीमा बताएका छन ।

बिभिन्न जिल्लाहरुबाट आएर डेरा गरि  बस्ने र चापाकोट नगरपालिका वडा नम्बर १० किसानमा अवस्थित किसान प्राविधिक  शिक्षालयमा अध्यनरत समस्यामा परेका बिद्यार्थीलाई चापाकोट नगरपालिकाले खाद्यान्न सहयोग गरेको हो ।

कोरोना भाइरसबाट सिर्जित बर्तमान कठिन परिस्थितिमा बिभिन्न जिल्लाहरु मुगु, हुम्ला, र  डोल्पा बाट चापाकोटको किसान प्राविधिक  शिक्षालयमा अध्ययन गर्ने बिद्यार्थीलाई शुक्रबार अत्यावश्यक दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु १ बोरा चामल,  दाल, नुन,  तेल बितरण गरिएको जनाएका छन ।

चापाकोट नगरपालिका का नगर प्रमुख (मेयर) शिव कुमार गिरीले आँफूहरुको पुरै टिम निरन्तर बिद्यार्थीको साथमा रहने प्रतिबद्वतासमेत जनाएका छन ।

त्यस्तै, चापाकोट नगरकार्यपालिका सदस्य सुर्य माझीले आफुले मेयर गिरीको निर्देशनमा र स्वयंम आफ्नो पहलमा समस्यामा परेका विद्यार्थीहरुलाई सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस