पोखरामा टिपरको ठक्करबाट स्याङ्जाकी पैदलयात्री महिलाको मृत्यु - सिधा मिडिया

पोखरामा टिपरको ठक्करबाट स्याङ्जाकी पैदलयात्री महिलाको मृत्यु

    २६ असार २०७८, शनिबार ०७:३०  मा प्रकाशित
260 जनाले पढ़िसके




पोखरामा सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।

पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग १ ख ९७०३ नं.को टिप्परले पैदलयात्री स्याङ्जा बिरुवा गाउँपालिका–४ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई हिजो साँझ ठक्कर दिएको थियो ।

टिप्परको ठक्करपछि गम्भिर घाइते केसीलाई उपचारका लागि अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस