शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त : ६ बजे शपथ - सिधा मिडिया

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त : ६ बजे शपथ

    २९ असार २०७८, मंगलवार १४:४५  मा प्रकाशित
138 जनाले पढ़िसके




नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादवसमूह सहभागी हुँदैछन् ।

शेरबहादुर देउवा वि.स‌. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन्। उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए। उनले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई अगाल्न थालिसकेका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस